१५ कार्तिक २०८३, शनिबार

अमेरिकाले युक्रेनलाई २.१ अर्ब डलरका ५०० प्याट्रियट क्षेप्यास्त्र बिक्री स्वीकृत

ड्रागन मिडिया समाचार कक्ष

अमेरिकाले युक्रेनलाई प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने ५०० वटा पीएसी–३ क्षेप्यास्त्र तथा आवश्यक उपकरण बिक्री गर्ने प्रस्ताव स्वीकृत गरेको छ। अमेरिकी विदेश मन्त्रालय र रक्षा सुरक्षा सहयोग निकायले शुक्रबार निर्णय सार्वजनिक गरेका हुन्। प्रस्तावित बिक्रीको अनुमानित मूल्य २.१ अर्ब अमेरिकी डलर छ।

यसमा क्षेप्यास्त्रसँगै गोप्य र सार्वजनिक गर्न मिल्ने अतिरिक्त पाटपुर्जा तथा ढुवानी र कार्यक्रम सञ्चालनसम्बन्धी सहयोग समावेश छन्। अमेरिकी निकायका अनुसार यस बिक्रीमा अमेरिकाको सरकारी रकम खर्च हुनेछैन।

क्षेप्यास्त्र खरिदका लागि क्यानडा, जर्मनी र नर्वेले उपलब्ध गराउने रकम तथा युरोपेली सङ्घको ऋण प्रयोग गरिनेछ। अमेरिकी प्रशासनले बिक्रीसम्बन्धी निर्णयबारे कङ्ग्रेसलाई जानकारी गराइसकेको छ। कङ्ग्रेसले सम्झौताको समीक्षा गरी आवश्यक परे रोक्न ३० दिन पाउनेछ।

अमेरिकी पक्षले प्रस्तावित बिक्रीले युक्रेनको एकीकृत हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षा क्षमता सुदृढ पार्ने र वर्तमान तथा भविष्यका जोखिम सामना गर्न मद्दत गर्ने जनाएको छ। क्षेप्यास्त्र अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिनले आपूर्ति गर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button