जाडोयाममा सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म खुल्ने

ड्रागन मिडिया सम्वाददाता
सरकारी कार्यालयको समय सोमबारदेखि परिवर्तन हुने भएको छ। कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालय र सार्वजनिक निकाय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछन्।
गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा जाडोयामको समय लागू हुनेछ।
यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए।





