पुटिन जेलेन्स्कीसँग वार्ता गर्न तयार छन् : क्रेमलिन सहयोगी

ड्रागन मिडिया समाचार कक्ष
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग संवाद गर्न कहिल्यै अस्वीकार नगरेको क्रेमलिनका सहयोगी युरी उशाकोभले बताएका छन्।
जेलेन्स्कीले फोन गरे पुटिनले उठाउँछन् कि उठाउँदैनन् भन्ने प्रश्नमा उशाकोभले भने, “मलाई लाग्छ, उहाँले अवश्य फोन उठाउनुहुनेछ। पुटिनले संवाद गर्न कहिल्यै अस्वीकार गर्नुभएको छैन।”
तर जेलेन्स्कीले रुसी राष्ट्रपतिसँग प्रत्यक्ष भेटेर कुरा गर्न चाहे मस्को आउन सक्ने उशाकोभले बताएका छन्। “उहाँले विभिन्न माध्यमबाट सङ्केत पठाइरहनुभएको छ। साँच्चै वार्ता गर्न चाहनुहुन्छ भने उहाँ मस्को आउन स्वतन्त्र हुनुहुन्छ,” उनले भने।
उशाकोभले रुसी सरकारी सञ्चारमाध्यमका पत्रकार पावेल जरुबिनसँग कुरा गर्दै यस्तो बताएका हुन्।





