१६ कार्तिक २०८३, आईतवार

२४ घण्टामा युक्रेनका १,१७५ सैनिक मारिएको रुसी रक्षा मन्त्रालयको दाबी

ड्रागन मिडिया समाचार कक्ष

युक्रेनले पछिल्लो २४ घण्टामा विशेष सैन्य कारबाही क्षेत्रमा करिब १,१७५ सैनिक गुमाएको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार रुसी ‘उत्तर’ समूहले युक्रेनका १९० जनासम्म सैनिक मारेको छ। ‘पश्चिम’ समूहले करिब २००, ‘दक्षिण’ समूहले २१० भन्दा बढी, ‘केन्द्र’ समूहले ३५० जनासम्म, ‘पूर्व’ समूहले करिब २०५ र ‘ड्निप्रो’ समूहले करिब २० सैनिक मारेको उसको दाबी छ।

रुसी सेनाले युक्रेनी सेनाले प्रयोग गर्ने यातायात तथा ऊर्जा पूर्वाधारमा पनि प्रहार गरेको मन्त्रालयले जनाएको छ। यस्तै, मानवरहित विमान जोड्ने कार्यशाला, भण्डारण तथा प्रक्षेपणस्थल, गोलाबारुद भण्डार र युक्रेनी सैनिक तथा विदेशी भाडाका सैनिकका अस्थायी तैनाथीस्थलमा प्रहार गरिएको उसको भनाइ छ।

मन्त्रालयका अनुसार रुसी हवाई प्रतिरक्षा प्रणालीले पछिल्लो २४ घण्टामा युक्रेनका ३९१ पङ्खायुक्त मानवरहित विमान खसालेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button