१७ कार्तिक २०८३, सोमबार

लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा

ड्रागन मिडिया सम्वाददाता

इंग्लिस प्रिमियर लिगमा आर्सनलले आइतबार लिभरपुललाई १–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलको घरेलु मैदान एनफिल्डमा १४ वर्षपछि आर्सनलले जित निकालेको हो।

खेलको १६औँ मिनेटमा काइ हाभर्ट्जले गरेको गोल निर्णायक बन्यो। त्यसपछि लिभरपुलले बराबरीका लागि प्रयास गरे पनि आर्सनलले अग्रता जोगाउँदै तीन अंक हात पार्‍यो।

जितसँगै नौ खेलबाट २४ अंक जोडेको आर्सनल तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा आर्सनल तीन अंकले अघि छ। लिभरपुल १५ अंकसहित पाँचौँ स्थानमा छ भने ब्राइटन १९ र चेल्सी १६ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button