जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम

ड्रागन मिडिया सम्वाददाता
जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्।
संसदीय सुनुवाइ समितिका सभापति बोधकुमार श्रेष्ठका अनुसार थापाले नाम फिर्ता लिनेबारे समितिलाई जानकारी गराएका हुन्। स्वार्थको द्वन्द्व हुन सक्ने भएकाले नाम फिर्ता लिन तयार भएको उनले समितिलाई बताएका थिए।





