चार प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

ड्रागन मिडिया सम्वाददाता
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।
महाशाखाका अनुसार देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
शनिबार पनि हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।





