युक्रेन द्वन्द्व र युरोपेली सुरक्षाबारे ठूलो सहमति नजिक पुगेको ट्रम्पको दाबी

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन द्वन्द्व र युरोपेली सुरक्षासम्बन्धी विषयमा वासिङ्टन र मस्को ठूलो सहमतिनजिक पुगेको बताएका छन्। प्रस्तावित सहमति युक्रेनमा मात्र सीमित नहुने उनको भनाइ छ।
ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, “सहमति हुनेछ। त्यो ठूलो सहमति हुनेछ र त्यसमा युक्रेनभन्दा बाहिरका विषय पनि समेटिनेछन्। यो निकै ठूलो सहमति हुनेछ। यसमा युक्रेनभन्दा बाहिरका विषय पनि हुनेछन्, म त युरोपभरिलाई नै समेट्न सक्नेछ भन्न सक्छु।”
“यो ठूलो र सुन्दर सहमति हुनेछ, र सबैजना खुसी हुनेछन्,” उनले थपे।





