२१ कार्तिक २०८३, शुक्रबार

दाङमा आठ लाख ८२ हजार रुपैयाँभन्दा बढीका पटाका नष्ट

ड्रागन मिडिया सम्वाददाता

प्रहरीले दाङका विभिन्न स्थानबाट बरामद गरेका आठ लाख ८२ हजार पाँच सय रुपैयाँ मूल्यका पटाका नष्ट गरेको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार दसैँ र तिहारलाई लक्षित गरी असोजदेखि हालसम्म विभिन्न प्रहरी कार्यालयबाट खटिएका टोलीले पटाका बरामद गरेका थिए। ती पटाका बिहीबार स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको उनले बताए।

प्रहरीले अवैध विस्फोटक पदार्थ तथा पटाकाजन्य सामग्री ओसारपसार, भण्डारण र बिक्रीवितरण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button