डाना ह्वाइटले ह्वाइट हाउसको प्रवक्ता पद अस्वीकार गरेको सीएनएनको खबर

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको प्रेस सचिव बन्न गरेको प्रस्ताव युएफसीका प्रमुख कार्यकारी अधिकृत डाना ह्वाइटले अस्वीकार गरेको सीएनएनले स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफूले ह्वाइटलाई उक्त पद प्रस्ताव गरेको बताएका थिए। त्यसपछि ह्वाइटले प्रस्ताव अस्वीकार गरेको सीएनएनको समाचारमा उल्लेख छ। रोयटर्सले पनि सीएनएनको रिपोर्टलाई उद्धृत गर्दै ह्वाइटले प्रस्ताव अस्वीकार गरेको जनाएको छ।





