१ मंसिर २०८३, सोमबार

देउवा पक्षको कोशी प्रदेश अधिवेशन मंसिर १७ र १८ गते

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको कोशी प्रदेश कार्यसमितिको दोस्रो अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने भएको छ।

कोशी प्रदेश कार्यसमितिका महामन्त्री भूपेन्द्र राईका अनुसार सोमबार विराटनगरमा बसेको प्रदेश पदाधिकारी, जिल्ला सभापति र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूको संयुक्त बैठकले अधिवेशनको मिति परिमार्जन गरेको हो। यसअघि मंसिर ४ गते अधिवेशन गर्ने सूचना सार्वजनिक गरिएको थियो।

अधिवेशनको उद्घाटन समारोहमा निवर्तमान सभापति शेरबहादुर देउवा सहभागी हुने महामन्त्री राईले बताए। उनका अनुसार अधिवेशनमा दुई हजार तीन सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्।

अधिवेशन सम्पन्न गर्न बैठकले विभिन्न तयारी समिति गठन गरेको छ। पूर्वमुख्यमन्त्री केदार कार्कीको संयोजकत्वमा व्यवस्थापन समिति र शोभा श्रेष्ठ नेम्वाङको संयोजकत्वमा प्रचार समिति गठन गरिएको राईले जानकारी दिए। प्रदेश महामन्त्रीका हैसियतले आफू मूल समारोह समितिमा रहने उनले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button