२ मंसिर २०८३, मंगलवार

आज भारत जाँदै नवनियुक्त राजदूत पाण्डे

ड्रागन मिडिया सम्वाददाता

भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे आज नयाँ दिल्ली जाँदैछन्। उनी आफ्नो कूटनीतिक जिम्मेवारी सम्हाल्न र प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि दिल्ली जान लागेका हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पाण्डे आजै नयाँ दिल्ली पुगेर जिम्मेवारी सम्हाल्ने तयारीमा छन्।

प्रधानमन्त्री शाह मङ्सिर ६ गते भारत भ्रमणमा जाने तय भएको छ। भ्रमणको कार्यसूचीलाई अन्तिम रूप दिन नेपाल र भारत दुवै पक्षले काम गरिरहेका छन्।

पाण्डेलाई सोमबार राष्ट्रपतिले भारतका लागि राजदूत नियुक्त गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button