२ मंसिर २०८३, मंगलवार

एनपीएल : आज पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै, लक्ष्य फाइनल

ड्रागन मिडिया सम्वाददाता

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। खेलको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल अपराह्न ५ बजे सुरु हुनेछ।

साविक विजेता लुम्बिनी लिग चरणमा ११ अङ्कसहित शीर्ष स्थानमा रह्यो। सुदूरपश्चिम १० अङ्क जोड्दै दोस्रो स्थानमा पुग्यो।

लिग चरणको उद्घाटन खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले हराएको थियो। गत संस्करणको फाइनलमा समेत लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

आजको खेलमा पराजित हुने टोलीले पनि फाइनल पुग्ने अर्को अवसर पाउनेछ। उसले बिहीबार हुने दोस्रो क्वालिफायरमा बुधबारको एलिमिनेटर विजेता काठमाडौं गोर्खाज वा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button