प्रस्तावित रुस–चीन–अमेरिका त्रिपक्षीय बैठक विश्वका लागि महत्त्वपूर्ण : मा हुई

ड्रागन मिडिया समाचार कक्ष
रुस, चीन र अमेरिकाका नेताबीच हुन लागेको त्रिपक्षीय बैठक विश्वका लागि महत्त्वपूर्ण रहेको चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री मा हुईले बताएका छन्।
ताससँग कुरा गर्दै उनले ठूला शक्ति राष्ट्रको शान्तिका लागि विशेष जिम्मेवारी हुने बताए। प्रमुख शक्तिबीच रणनीतिक स्थिरता कायम रहन सके त्यसले विश्वव्यापी शान्ति र विकासमा योगदान पुर्याउने उनको भनाइ थियो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच नोभेम्बर १९ मा चीनको शेनझेनमा बैठक हुने तय भएको छ। बैठक एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) नेताहरूको सम्मेलनको अवसरमा हुनेछ। रुसी राष्ट्रपति कार्यालयका सहयोगी युरी उशाकोभका अनुसार तीन नेताबीच यस ढाँचामा हुन लागेको यो पहिलो बैठक हो।
एपेकको ३३औँ आर्थिक नेताहरूको बैठक नोभेम्बर १८ र १९ मा शेनझेनमा हुँदैछ।





