महादेवटार सुरुङको दायाँ ट्युबमा आज ‘ब्रेक थ्रु’

ड्रागन मिडिया सम्वाददाता
तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरमा निर्माण भइरहेको महादेवटार सुरुङको दायाँ ट्युबमा आज ‘ब्रेक थ्रु’ हुँदैछ।
३.४४५ किलोमिटर लामो यो सुरुङ नेपालको सबैभन्दा लामो सुरुङमार्ग हो। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ब्रेक थ्रु कार्यक्रम हुने देशसञ्चारले जनाएको छ।





