३ मंसिर २०८३, बुधबार

मोरङमा १० लाखभन्दा बढीका सामान र तीन सवारीसाधन बरामद

ड्रागन मिडिया सम्वाददाता

मोरङका विभिन्न सीमाक्षेत्रबाट भारत हुँदै अवैध रूपमा नेपाल भित्र्याइएका १० लाख ३० हजार रुपैयाँ मूल्यका सामान र तीनवटा सवारीसाधन सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ हेडक्वार्टर कंकालिनी, मोरङले मोटरका पार्टपुर्जा, धागो, चिनियाँ नासपाती र खुर्सानी बरामद गरेको हो। नियन्त्रणमा लिइएका सवारीसाधनमा एउटा मोटरसाइकल, एउटा स्कुटर र एउटा विद्युतीय स्कुटर छन्।

सशस्त्र प्रहरीका अनुसार स्कुटरको डिक्की तथा विभिन्न भागमा सामान लुकाएर ल्याइएको अवस्थामा बरामद गरिएको हो। बरामद सामान र सवारीसाधन विराटनगरस्थित रानी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button