४ मंसिर २०८३, बिहीबार

मलेसिया रोजगारी ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

ड्रागन मिडिया सम्वाददाता

मलेसियामा वैदेशिक रोजगारीका लागि जाने श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो। अर्याल फरार रहेको बताइएको छ।

यस प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित छ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन्।

यसअघि प्रहरीले यही प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो। उनीहरू काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का प्रवीण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ का रामपुकार तिवारी हुन्।

पक्राउ पुर्जी जारी हुनु आरोपमाथिको अनुसन्धानात्मक प्रक्रिया हो; यसले आरोप प्रमाणित भएको जनाउँदैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button