सी : चीन–रुस–अमेरिका शिखर बैठक सकारात्मक, रचनात्मक र फलदायी

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार चीन, रुस र अमेरिकाबीचको शिखर बैठक सकारात्मक, रचनात्मक र फलदायी भएको बताएका छन्।
चीनको दक्षिणी शहर शेन्जेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठकमा भएका मुख्य सहमतिबारे बोल्दै सीले यस्तो बताएका हुन्।
विश्व शान्तिको रक्षा गर्नुपर्ने विषयमा तीनै देशको समान धारणा रहेको र कठिन प्रयासबाट प्राप्त शान्तिको कदर गर्नुपर्नेमा सबैले जोड दिएको सीले बताए।
शिखर बैठकमा भएका सहमति कार्यान्वयन गर्दै संवादलाई निरन्तरता दिन, सहकार्यमार्फत शान्ति प्रवर्द्धन गर्न र सुन्दर विश्व निर्माणका लागि मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो।





