४ मंसिर २०८३, बिहीबार

सैनिक प्रवक्ताको जिम्मेवारी सहायक रथी राजेन्द्र श्रेष्ठलाई

ड्रागन मिडिया सम्वाददाता

नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त भएका छन्। सेनाले उनलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिएको जनाएको छ।

यसअघिका प्रवक्ता सहायक रथी राजाराम बस्नेत प्रधानसेनापतिको सचिवालयमा सैनिक सहायकका रूपमा सरुवा भएका छन्। उनले १८ महिना सैनिक प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।

बिहीबार जङ्गी अड्डामा सञ्चारकर्मीसँग कुरा गर्दै नवनियुक्त प्रवक्ता श्रेष्ठले भ्रामक समाचार र सूचना स्पष्ट पार्न पत्रकारहरूसँग निरन्तर संवाद गर्ने बताए। कुनै विषयमा द्विविधा भए समन्वय गर्न उनले आग्रह गरे।

सहायक रथी श्रेष्ठले ३४ वर्षदेखि सैनिक सेवामा काम गर्दै आएका छन्। उनी २०४८ सालमा अधिकृत क्याडेटका रूपमा सेनामा प्रवेश गरेका थिए। त्यसयता उनले सेनाका विभिन्न विभागमा जिम्मेवारी सम्हालेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button