४ मंसिर २०८३, बिहीबार

काभ्रेको रिसोर्टबाट ४० विदेशी नागरिक नियन्त्रणमा, अध्यागमन विभागमा बुझाइयो

ड्रागन मिडिया सम्वाददाता

प्रहरीले काभ्रेको पनौतीस्थित बल्थली माउन्टेन रिसोर्टबाट ३५ जापानी र पाँच चिनियाँ गरी ४० विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। बुधबार बिहान करिब ११ बजे नियन्त्रणमा लिइएका उनीहरूलाई थप अनुसन्धानका लागि अध्यागमन विभागमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरू रिसोर्ट नै भाडामा लिएर बसेका थिए। उनीहरूलाई नियन्त्रणमा लिनुको कारण प्रहरीले खुलाएको छैन। उनीहरूको गतिविधि र नेपाल बसाइको उद्देश्यमाथि अनुसन्धान भइरहेको छ। गैरकानुनी गतिविधिमा उनीहरूको संलग्नता पुष्टि भइनसकेको प्रहरीले जनाएको छ।

यसअघि मंगलबार काभ्रेकै अर्को रिसोर्टबाट ३६ चिनियाँ नागरिक पक्राउ परेका थिए। प्रहरीले उक्त रिसोर्टबाट ४९ थान ल्यापटप र १५५ थान मोबाइल फोन बरामद गरेको थियो। मंगलबार पक्राउ परेको समूहमाथि अनलाइन ठगीमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button