४ मंसिर २०८३, बिहीबार

मलेसिया श्रमिक ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित छ जनालाई हिरासतमा राख्न चार दिन म्याद थप

ड्रागन मिडिया सम्वाददाता

मलेसियामा रोजगारीका लागि गएका नेपाली श्रमिकबाट श्रम सम्झौताविपरीत रकम असुलिएको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित छ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले चार दिनको म्याद थप गरेको छ।

देशसञ्चारका अनुसार बुधबार पक्राउ परेकामा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन सहसचिव उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन उपसचिव निर्मला गुरुङ छन्। पोखरेल वैदेशिक रोजगार विभागको प्रमुख पदमा कार्यरत रहँदै पक्राउ परेका हुन्।

मलेसिया गएका श्रमिकबाट श्रम सम्झौताविपरीत १ अर्ब ६९ करोड रुपैयाँ असुल गरिएको दाबीसहित जाहेरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको हो। उक्त रकम जाहेरीमा दाबी गरिएको हो।

यही प्रकरणमा श्रम मन्त्रालयका तत्कालीन सचिव एवं पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पनि अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button