४ मंसिर २०८३, बिहीबार

भारतबाट खरिद गरिएको ५० हजार टन रासायनिक मल आयात

ड्रागन मिडिया सम्वाददाता

हिउँदे बालीका लागि भारतसँग सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत खरिद गरिएको ५० हजार टन रासायनिक मल नेपाल भित्रिएको छ। गत भदौ ३० देखि वीरगन्ज नाकाबाट सुरु भएको आयात प्रक्रिया पूरा भएको कृषि सामग्री कम्पनीको वीरगन्जस्थित प्रादेशिक कार्यालयले जनाएको छ।

भारतबाट ३० हजार टन युरिया र २० हजार टन डीएपी खरिद गरिएको थियो। तीमध्ये वीरगन्ज प्रादेशिक कार्यालयले ७ हजार ९५४ टन युरिया र ५ हजार ८०७ टन डीएपी प्राप्त गरेको छ। यो कुल खरिदको करिब ३८ प्रतिशत हो।

कृषि सामग्री कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख दिनेश शर्माका अनुसार बाँकी मल विराटनगर र भैरहवा प्रादेशिक कार्यालयका लागि छुट्याइएको छ। भैरहवाका लागि निर्धारित मल पनि वीरगन्ज नाकाबाट आयात गरी त्यहाँ पठाइएको थियो भने विराटनगरका लागि छुट्याइएको मल विराटनगर नाकाबाटै भित्रिएको उनले बताए।

आयात गरिएको मल आगामी हिउँदे बालीका लागि वितरण गरिनेछ। गहुँ र तेलहन बाली लगाउने समयमा युरिया तथा डीएपीको माग बढ्ने भएकाले किसानसम्म समयमै मल पुर्‍याउने तयारी भइरहेको शर्माले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button