५ मंसिर २०८३, शुक्रबार

बर्लिन बैठकमा सम्भावित मस्को भ्रमणबारे छलफल भएन: युरोपेली कूटनीतिक श्रोत

ड्रागन मिडिया समाचार कक्ष

युक्रेनलाई समर्थन गर्ने देशहरूको समूह ‘कोएलिसन अफ द विलिङ’ को बर्लिन बैठकमा युरोपेली नेताहरूले सम्भावित मस्को भ्रमणबारे छलफल नगरेको रुसी समाचार संस्था तासले जनाएको छ। बैठकबारे जानकार एक युरोपेली कूटनीतिक श्रोतलाई उद्धृत गर्दै तासले उक्त जानकारी दिएको हो।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसम्बन्धी शान्ति प्रक्रियामा सम्भावित सहभागिताबारे युरोपेली पक्षको धारणा बुझ्न केही प्रतिनिधिलाई कूटनीतिक माध्यमबाट मस्को आउन निमन्त्रणा पठाइएको बताएका थिए। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले निमन्त्रणा पाएका प्रतिनिधिको नाम तत्काल सार्वजनिक गर्ने योजना नरहेको बताए।

युरोपेली परिषदका अध्यक्ष आन्तोनियो कोस्टाले नोभेम्बर १३ मा डब्लिनमा भएको युरोपेली संघको अनौपचारिक शिखर बैठकपछि युक्रेनसम्बन्धी वार्ताका लागि प्रतिनिधिमण्डल गठन गर्न नेताहरू सहमत भएको बताएका थिए। उनका अनुसार प्रतिनिधिमण्डलमा युरोपेली आयोग र युरोपेली परिषदका अधिकारीका साथै जर्मनी, फ्रान्स, इटाली, पोल्यान्ड र बेलायतका प्रतिनिधि रहनेछन्।

पेस्कोभले युरोपले छानेका वार्ताकारले रुसी पक्षसँग अझै सम्पर्क नगरेको तासलाई बताए। संवादबाट युरोपेली पक्ष आफैँ पछि हटेको क्रेमलिनको भनाइ छ। युरोपेली पक्षले वार्ता गर्ने इच्छा देखाए र वार्ता टोली तय गरे मस्को संवादका लागि तयार रहेको क्रेमलिनले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button