५ मंसिर २०८३, शुक्रबार

कृषि उपज सस्तिँदा दक्षिण कोरियाको उत्पादक मूल्य सूचकांक घट्यो

ड्रागन मिडिया समाचार कक्ष

दक्षिण कोरियाको उत्पादक मूल्य सूचकांक अक्टोबरमा अघिल्लो महिनाको तुलनामा ०.१ प्रतिशत घटेको छ। दक्षिण कोरियाको केन्द्रीय बैंक ‘बैंक अफ कोरिया’ले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार अगस्ट र सेप्टेम्बरमा समान ०.१ प्रतिशतले बढेको सूचकांक तीन महिनामा पहिलोपटक घटेको हो।

अक्टोबरमा कृषि, पशुजन्य तथा मत्स्य उत्पादनको मूल्य अघिल्लो महिनाको तुलनामा ८.३ प्रतिशत घट्यो। अनुकूल मौसम र छुसक पर्वपछि मागमा आएको कमीले यी वस्तुको मूल्य घटेको सिन्ह्वाले जनाएको छ। यस समूहको गिरावटले औद्योगिक उत्पादन र अत्यावश्यक सेवाको मूल्यवृद्धिलाई उछिनेपछि समग्र सूचकांक घटेको हो।

पेट्रोलियम र रासायनिक वस्तु महँगिँदा औद्योगिक उत्पादनको मूल्य ०.३ प्रतिशत बढ्यो। औद्योगिक प्रयोजनका लागि पाइपबाट आपूर्ति हुने ग्यासको महसुल ३.३ प्रतिशत बढेपछि विद्युत, ग्यास, खानेपानी तथा फोहोर व्यवस्थापन समूहको मूल्य ०.२ प्रतिशतले उक्लियो।

यातायात, आवास र भोजन सेवाको मूल्य बढे पनि वित्तीय तथा बीमा सेवा सस्तिएकाले सेवा क्षेत्रको समग्र मूल्य अघिल्लो महिनाकै स्तरमा रह्यो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button