७ मंसिर २०८३, आईतवार

चीनसँग व्यापार वा सैन्य युद्ध जित्न नसकिने अमेरिकाले बुझेको स्याक्सको विश्लेषण

ड्रागन मिडिया समाचार कक्ष

अमेरिकी अर्थशास्त्री जेफ्री स्याक्सले चीनसँगको व्यापार युद्ध वा प्रत्यक्ष सैन्य द्वन्द्वमा जित हासिल गर्न नसकिने कुरा अमेरिकाले बुझेको बताएका छन्। एसिया–प्रशान्त आर्थिक सहयोग मञ्च (एपेक) को शिखर सम्मेलनपछि रुसी समाचार संस्था टाससँगको अन्तर्वार्तामा उनले दुवै देशले संयम अपनाए सम्बन्ध सुधार सम्भव र दुवैको हितमा हुने बताए।

कोलम्बिया विश्वविद्यालयको दिगो विकास केन्द्रका निर्देशक स्याक्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी चिनफिङको सेप्टेम्बरमा भएको वासिङ्टन भ्रमण र शेन्जेनमा दुई नेताबीच भएको भेटलाई सम्बन्ध सुधारको सम्भावना देखाउने घटनाका रूपमा उल्लेख गरे।

स्याक्सका अनुसार क्रयशक्ति समताका आधारमा चीनको अर्थतन्त्र अमेरिकाको भन्दा करिब एक तिहाइ ठूलो छ। उनले चीनको औद्योगिक उत्पादन पनि अमेरिकाको झन्डै दोब्बर रहेको बताए। यस आर्थिक परिप्रेक्ष्यमा दुवै मुलुकका लागि सहकार्य नै विवेकपूर्ण बाटो भएको उनको निष्कर्ष छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button