७ मंसिर २०८३, आईतवार

इरान युद्धको खर्चमा मतभेद बढ्दा अमेरिकी सरकार आंशिक रूपमा ठप्प हुने जोखिम

ड्रागन मिडिया समाचार कक्ष

इरानसँगको युद्धका बीच अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका लागि ३५० अर्ब अमेरिकी डलरको अतिरिक्त बजेट माग्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावले कंग्रेसमा मतभेद बढाएको छ। रोयटर्सलाई उद्धृत गर्दै देशसञ्चारले जनाएअनुसार दुवै प्रमुख दलका सांसदले यो विवादले संघीय निकायको खर्च धान्ने विधेयकमा सहमति जुटाउन कठिन हुन सक्ने बताएका छन्।

संघीय सरकारको हालको अस्थायी खर्च व्यवस्था डिसेम्बर ११ सम्म कायम छ। त्यसभित्र कंग्रेसले नयाँ खर्च विधेयक वा अर्को अस्थायी व्यवस्था पारित गर्न नसके बजेट अभावमा केही संघीय निकायको कामकाज रोकिन सक्छ।

सिनेटमा बजेट विधेयक अघि बढाउन प्रक्रियागत अवरोध हटाउनुपर्ने अवस्थामा १०० मध्ये सामान्यतया कम्तीमा ६० मत चाहिन्छ। थ्याङ्क्सगिभिङका लागि कंग्रेस एक साता बिदामा जाने तयारी भइरहँदा पनि अतिरिक्त रक्षा खर्चबारे दलहरूबीच सहमति जुटेको छैन।

भर्मोन्टका डेमोक्रेटिक सिनेटर पिटर वेल्चले युद्धका लागि थप रकम उपलब्ध गराउन आफूहरू इच्छुक नरहेको र संघीय निकायको कामकाज पनि रोक्न नचाहेको रोयटर्सलाई बताए। उनका अनुसार वार्ताको कठिनाइ यी दुवै विषयको समाधान खोज्नुमा छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button