प्रधानमन्त्री शाहको भ्रमणका कार्यक्रममा सहभागी हुन निर्माण व्यवसायीको टोली भारत प्रस्थान

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा हुने कार्यक्रममा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघको टोली आइतबार भारत प्रस्थान गरेको छ। महासंघका अध्यक्ष निकोलस पाण्डेले टोलीको नेतृत्व गरेका छन्।
देशसञ्चारका अनुसार महासंघका महासचिव शिवहरि घिमिरेसहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई बिदाइ गरेका थिए।
प्रधानमन्त्री शाहको भ्रमणसँगै निजी क्षेत्रका अन्य प्रतिनिधि र सञ्चारकर्मी पनि भारत जाने कार्यक्रम छ। भ्रमणका क्रममा नेपाल र भारतबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तार र सहकार्यका अवसरबारे छलफल हुने अपेक्षा गरिएको छ।





