७ मंसिर २०८३, आईतवार

शाहको भारत भ्रमणअघि नयाँदिल्लीमा नेपाल र भारतका झन्डा

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झन्डा राखिएका छन्। शाहको स्वागतका लागि उनी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिर पनि राखिएको खबरहबले जनाएको छ।

प्रधानमन्त्री पद सम्हालेपछि शाहको यो पहिलो भारत भ्रमण हो। उनी आइतबार भारत प्रस्थान गर्ने र सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ। वार्तामा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य र साझा हितका विषयमा छलफल हुने अपेक्षा छ।

शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भ्रमण सकेर उनी सोमबार नै स्वदेश फर्कने तालिका छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button