प्रधानमन्त्रीको भारत भ्रमणले आपसी विश्वास र सहकार्य बढाउने रास्वपाको अपेक्षा

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणले नेपाल र भारतबीच आपसी विश्वास बढाउने र सहकार्यलाई थप बलियो बनाउने अपेक्षा व्यक्त गरेको छ।
रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्ता र राष्ट्रपति द्रौपदी मुर्मुसँगको भेटलाई दुई देशबीचको ऐतिहासिक मित्रता र बहुआयामिक साझेदारी अघि बढाउने अवसरका रूपमा लिएको छ। पार्टीका अनुसार भ्रमणका क्रममा केही द्विपक्षीय विषयमा समझदारी गर्ने तयारी पनि छ।
प्रधानमन्त्री शाहले नेतृत्व गरेको ३४ सदस्यीय प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार र राजनीतिक सल्लाहकारसहित उच्च सरकारी अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधि सहभागी छन्।





