चार वर्षीया बालिकाको निधनमा गुलरियाका सबै विद्यालयमा सोमबार शोक बिदा

ड्रागन मिडिया सम्वाददाता
बर्दियाको गुलरिया नगरपालिकाले चार वर्षीया रिद्धि तमौलीको निधनमा नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा सोमबार शोक बिदा दिएको छ।
गुलरिया नगरपालिका–३, सिरकोहियास्थित श्री जानकी माध्यमिक विद्यालयको बालविकास कक्षामा अध्ययनरत रिद्धिको शुक्रबार विद्यालयमा दराज पल्टिँदा त्यसले च्यापेर ज्यान गएको थियो।
नगरपालिकाले घटनाप्रति दुःख व्यक्त गर्दै बालिकालाई श्रद्धाञ्जली अर्पण गर्न आइतबार शोक बिदाको निर्णय गरेको जनाएको छ।





