१० मंसिर २०८३, बुधबार

बुधबार अधिकांश क्षेत्रमा मौसम सफा रहने, तीन प्रदेश र हिमाली भेगमा आंशिक बादल

ड्रागन मिडिया सम्वाददाता

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशभरका हिमाली भेगमा आंशिक बादल लाग्नेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

बुधबार बिहान कोशी प्रदेशका पहाडी र हिमाली भेगमा आंशिक बादल लागेको छ। देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा छ। नेपालमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको महाशाखाले जनाएको छ।

बुधबार राति कोशी र गण्डकीका हिमाली भेगमा आंशिक बादल रहनेछ। बिहीबार कोशीका पहाडी तथा हिमाली भेग र गण्डकीका हिमाली भेगमा आंशिक बादल लाग्ने पूर्वानुमान छ। दुवै अवधिमा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button