१० मंसिर २०८३, बुधबार

कांग्रेसका दुई पक्षको छुट्टाछुट्टै बैठक, देउवा समूहमा समानान्तर महाधिवेशनबारे छलफल हुने

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको संस्थापन पक्ष र निवर्तमान सभापति शेरबहादुर देउवा समूहले बुधबार बिहान ११ बजे छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। संस्थापन पक्षको बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा र देउवा समूहको बैठक चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्नेछ।

सानेपामा मंगलबार शुरु भएको बैठकले महामन्त्री प्रदीप पौडेलले पेश गरेको कार्यसूचीमाथि छलफल जारी राख्नेछ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार संगठनका आगामी काम, ‘हामी तयार छौँ’ अभियान, स्थानीय निर्वाचन र सरकारका पछिल्ला गतिविधि छलफलका विषय हुन्। भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपदपछिको पुनःस्थापना र पुनर्निर्माण तथा विस्थापित सुकुम्वासी परिवारको व्यवस्थापन पनि कार्यसूचीमा छन्।

देउवा समूहको बैठक भने मंसिर २१ देखि २३ गतेसम्म आयोजना गर्ने भनिएको समानान्तर महाधिवेशनको तयारीमा केन्द्रित हुने केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बताइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button