१० मंसिर २०८३, बुधबार

लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिट न्यायाधीश बागचन्दको इजलासमा

ड्रागन मिडिया सम्वाददाता

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटको पेशी बुधबार सर्वोच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासमा तोकिएको छ।

राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहितका निवेदकले डोल्माको नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको जिकिर गर्दै नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाएका छन्। सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार उपाध्यक्ष पदका लागि डोल्माको योग्यता नपुग्ने निवेदकहरूको दाबी छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषदले असोज ३० गते डोल्मालाई कोषको उपाध्यक्षमा मनोनीत गरेको थियो। उक्त निर्णय लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम गरिएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button