११ मंसिर २०८३, बिहीबार

जुम्लाको गुठीचौरमा सार्वजनिक बिदामा बढ्छ आन्तरिक पर्यटकको चहलपहल

ड्रागन मिडिया सम्वाददाता

जुम्लाको गुठीचौर गाउँपालिका–२ स्थित गुठीचौरमा हिउँदको चिसोमा पनि प्राकृतिक दृश्य हेर्न पर्यटक पुग्ने गरेका छन्। स्थानीयवासीका अनुसार सार्वजनिक बिदाका दिन गुठीचौर घुम्न आउने नेपाली पर्यटकको चहलपहल बढी हुन्छ।

वडाध्यक्ष दीपबहादुर ऐडीका अनुसार यहाँको प्राकृतिक वातावरण र वरपरको दृश्यले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ। पर्यटकको आउजाउ बढेसँगै स्थानीय व्यापारमा सुधार आएको छ र रोजगारीका अवसर पनि थपिएका छन्। स्थानीयवासी दीपक बोहोराले गाउँपालिकाले गुठीचौरको प्रचारप्रसार र पर्यटकीय गतिविधि सञ्चालनलाई प्राथमिकता दिएको बताए।

जिल्ला सदरमुकाम खलङ्गाबाट गुठीचौर पुग्ने सडक विस्तार गरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार उक्त सडकलाई थप स्तरोन्नति गर्ने योजना छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button