११ मंसिर २०८३, बिहीबार

ब्राजिलबाट आयात हुने विमानमा थप १० प्रतिशत भन्सार लगाउने अमेरिकी प्रस्ताव, चिनीमा पनि शुल्क बढाउने योजना

ड्रागन मिडिया समाचार कक्ष

अमेरिकाले ब्राजिलबाट आयात हुने तयारी विमानमा थप १० प्रतिशत भन्सार लगाउने र निर्धारित कोटाभन्दा बढी परिमाणमा आयात हुने चिनीमा पनि थप शुल्क लगाउने प्रस्ताव गरेको छ। सिन्ह्वाका अनुसार अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले सन् १९७४ को व्यापार ऐनको धारा ३०१ अन्तर्गत बुधबार उक्त प्रस्ताव अघि सारेको हो।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरका अनुसार ब्राजिलले अमेरिकामा ठूलो परिमाणमा तयारी विमान र निर्धारित कोटाभन्दा बढी चिनी निर्यात गर्दै आएको छ। यी वस्तुमा यसअघि तोकिएको अतिरिक्त भन्सार लागू नभएको उनले बताए। नयाँ शुल्क प्रस्ताव गर्नुको उद्देश्य ब्राजिललाई वार्तामा ल्याउनु रहेको ग्रियरको भनाइ छ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले यसअघि जुलाई २० मा ब्राजिलका केही वस्तुमा २५ प्रतिशत भन्सार लगाएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button