१४ मंसिर २०८३, आईतवार

रुसको कामचात्कामा ६.२ म्याग्निच्युडको भूकम्प

ड्रागन मिडिया समाचार कक्ष

रुसको सुदूरपूर्वी कामचात्का क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प गएको छ। रुसी विज्ञान प्रतिष्ठानअन्तर्गतको भूभौतिक सेवा विभागले भूकम्पको केन्द्र जमिनमुनि १८९ किलोमिटर गहिराइमा रहेको जनाएको छ।

रुसी समाचार संस्था टासका अनुसार कामचात्काको प्रशासनिक केन्द्र पेत्रोपाभ्लोभ्स्क–कामचात्स्कीमा भूकम्पको धक्का तीन अंकको तीव्रतामा मापन गरिएको थियो।

रातको समयमा गएको भूकम्पले स्थानीयबासीलाई निद्राबाट ब्युँझाएको थियो। हिमआँधी चलिरहेको प्रतिकूल मौसमका बाबजुद धेरै मानिस सुरक्षाका लागि घरबाट बाहिर निस्किएका थिए।

प्रशान्त महासागरीय अग्निवलयमा अवस्थित कामचात्का विश्वका अत्यधिक भूकम्पीय तथा ज्वालामुखीय गतिविधि हुने क्षेत्रमध्ये एक हो।

भूकम्पबाट भएको सम्भावित मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button