१४ मंसिर २०८३, आईतवार

अल्बानियामा सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दा कम्तीमा ३५ जना घाइते

ड्रागन मिडिया समाचार कक्ष

अल्बानियाको राजधानी तिरानामा शनिबार सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा ३५ जना घाइते भएका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अल्बानियाको स्वतन्त्रताको ११४औं वार्षिकोत्सवका अवसरमा आयोजित देशव्यापी प्रदर्शन प्रधानमन्त्रीको कार्यालयतर्फ अघि बढ्ने क्रममा हिंसात्मक बनेको थियो।

अल्बानियाली समाचार संस्थाका अनुसार केही प्रदर्शनकारीले प्रहरी तथा पूर्वाधार, ऊर्जा र गृह मन्त्रालयका भवनमाथि ढुङ्गामुढा र पेट्रोल बम प्रहार गरेका थिए। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।

‘अल्बानिया बिक्रीका लागि होइन’ भन्ने नारासहित प्रदर्शनकारीले सरकारविरुद्ध विरोध जनाएका थिए।

गत मे महिनाको अन्त्यदेखि अल्बानियामा ‘फ्लेमिङ्गो क्रान्ति’ का नाममा सरकारविरोधी प्रदर्शन हुँदै आएका छन्। पर्यटन विकास परियोजनाको विरोधबाट शुरु भएको आन्दोलन भ्रष्टाचारविरोधी तथा प्रधानमन्त्री एदी रामाको सरकारविरुद्धको व्यापक अभियानमा परिणत भएको छ।

गत अक्टोबरदेखि विद्यार्थीको सहभागिता बढेसँगै आन्दोलन थप चर्किएको छ। पछिल्ला प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच बारम्बार झडप हुँदै आएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button