१४ मंसिर २०८३, आईतवार

इरान र इराकबीच द्विपक्षीय सुरक्षा सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

ड्रागन मिडिया समाचार कक्ष

इरान र इराकका उच्च सुरक्षा अधिकारीहरूले द्विपक्षीय सुरक्षा सहकार्य विस्तार गर्दै साझा सीमाको सुरक्षा सुनिश्चित गर्न सन २०२३ मा भएको सुरक्षा सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

इरानको सरकारी समाचार संस्था इर्नालाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार शनिबार तेहरानमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाई र इराकका राष्ट्रिय सुरक्षा सल्लाहकार कासिम अल–अबुदीबीच द्विपक्षीय वार्ता भएको हो।

रेजाईले स्वतन्त्र, शक्तिशाली र विकसित इराक पश्चिम एसियाको नयाँ क्षेत्रीय सुरक्षा व्यवस्थाको महत्त्वपूर्ण आधार बन्न सक्ने बताए। उनले द्विपक्षीय आर्थिक सहकार्य विस्तारमा जोड दिँदै बाह्य पक्षलाई यस्तो सहकार्यमा नकारात्मक प्रभाव पार्न दिन नहुने धारणा व्यक्त गरे।

इराकका राष्ट्रिय सुरक्षा सल्लाहकार अल–अबुदीले द्विपक्षीय सुरक्षा सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न इराक प्रतिबद्ध रहेको बताए। उनले इराकको भूमि तथा हवाई क्षेत्र इरान वा अन्य छिमेकी मुलुकविरुद्ध प्रयोग गर्न नदिने स्पष्ट पारे।

इराकका प्रधानमन्त्री अली अल–जैदीका आधिकारिक दूतका रूपमा शनिबार तेहरान पुगेका अल–अबुदीले इरानका उच्च अधिकारीहरूसँग विभिन्न चरणमा वार्ता गर्ने कार्यक्रम छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button