१४ मंसिर २०८३, आईतवार

यूएसएआईडीका गतिविधिका कारण धेरै मानिसको मृत्यु भएको एलन मस्कको आरोप

ड्रागन मिडिया समाचार कक्ष

अमेरिकी अर्बपति तथा प्रविधि उद्यमी एलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का गतिविधिका कारण धेरै मानिसको मृत्यु भएको आरोप लगाएका छन्।

रुसी समाचार संस्था टासका अनुसार विभिन्न देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न र निर्वाचनलाई प्रभावित पार्न यूएसएआईडीलाई राजनीतिक साधनका रूपमा प्रयोग गरिएको दाबी गर्दै सामाजिक सञ्जाल एक्समा प्रकाशित सामग्रीप्रति प्रतिक्रिया जनाउँदै मस्कले यस्तो आरोप लगाएका हुन्।

‘सत्य हो। उनीहरूका कारण धेरै मानिसको मृत्यु भएको छ,’ मस्कले लेखेका छन्।

मस्कले आफ्नो आरोप पुष्टि गर्ने ठोस प्रमाण वा सम्बन्धित घटनाको विवरण भने सार्वजनिक गरेका छैनन्।

विदेशी मुलुकसँग लगानी तथा आर्थिक सहकार्यका लागि रुसी राष्ट्रपतिका विशेष प्रतिनिधि एवं रुसी प्रत्यक्ष लगानी कोषका प्रमुख किरिल दिमित्रिएभले पनि यूएसएआईडीमाथि अभिव्यक्ति स्वतन्त्रता दबाउन र वैकल्पिक विचारमाथि नियन्त्रण स्थापित गर्न व्यवस्थित अभियान सञ्चालन गरेको आरोप लगाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सन २०२५ फेब्रुअरीमा यूएसएआईडीका अधिकांश गतिविधि निलम्बन गरेको थियो। त्यसपछि अधिकांश सहायता कार्यक्रम खारेज गर्दै बाँकी कार्यक्रम अमेरिकी विदेश मन्त्रालयअन्तर्गत स्थानान्तरण गरिएको थियो।

यद्यपि, यूएसएआईडीको सहायता कटौतीले विकासशील मुलुकका स्वास्थ्य सेवा, खाद्य सुरक्षा र मानवीय सहायता कार्यक्रममा गम्भीर असर पार्ने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले औंल्याएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button