रुस र मलेसियाबीच सीधा हवाई सेवा सञ्चालन गर्ने तयारी

ड्रागन मिडिया समाचार कक्ष
रुस र मलेसियाबीच सीधा हवाई सेवा सञ्चालनका लागि वार्ता भइरहेको रुसी यातायातमन्त्री दिमित्री याद्रोभले बताएका छन्।
रुसी समाचार संस्था टाससँगको अन्तर्वार्तामा मन्त्री याद्रोभले दुई देशबीच सीधा हवाई सम्पर्क स्थापना गर्न छलफल भइरहेको जानकारी दिएका हुन्।
रुसी वायुसेवा कम्पनी रेड विङ्सले सन २०२७ को गर्मीयाममा मस्कोबाट मलेसियाको प्रसिद्ध पर्यटकीय टापु लाङ्कावीका लागि चार्टर उडान सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको छ।
मलेसियाको पर्यटन, कला तथा संस्कृति मन्त्रालयको सहयोग र पर्यटन व्यवसायीहरूसँगको साझेदारीमा उडान सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ। कम्पनीले उक्त हवाई मार्गमा उडान सञ्चालन गर्ने अनुमति प्राप्त गरिसकेको छ।
यसअघि पर्याप्त पर्यटकको अभावमा रुस र मलेसियाबीच प्रस्तावित चार्टर उडान कार्यक्रम स्थगित गरिएको थियो।
सीधा हवाई सेवा सञ्चालनमा आए दुई देशबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक आवागमन तथा आर्थिक सहकार्य विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, उडान सञ्चालनको निश्चित मिति सार्वजनिक गरिएको छैन।





