१४ मंसिर २०८३, आईतवार

रास्वपाको केन्द्रीय कार्यालयमा पत्रकार महासंघको धर्ना, प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन माग

ड्रागन मिडिया सम्वाददाता

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस काउन्सिलसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै आइतबार सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा धर्ना दिएको छ।

महासंघले अध्यादेश फिर्ता लिएर संसदीय प्रक्रियामार्फत कानुन निर्माण गर्न तथा लोककल्याणकारी विज्ञापनमा गरिएको कटौतीको निर्णय फिर्ता लिन माग गरेको छ।

धर्नामा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रताको संरक्षण, सञ्चार क्षेत्रको हित र कानुन निर्माणमा संसदीय प्रक्रियाको सुनिश्चितताका पक्षमा नाराबाजी गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button