चिनियाँ परराष्ट्र मन्त्री र इरानका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

जुन २ तारिख चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले इरानी विदेशमन्त्री अब्बास अराग्जीसँग टेलिफोन वार्ता गर्नुभएको छ।
मन्त्री अराग्जीले क्षेत्रीय परिस्थितिबारे जानकारी दिंदै इरानको आणविक प्रबन्धमाथि आक्रमण गर्ने इजरायल र अमेरिकाको खतरनाक गतिविधिले अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन गरेको र इरानसँग अरू छनौट नभएर जवाफी हमला गर्नुपरेको बताउनुभयो ।
इराक र इजरायलबीच भर्खरै युद्धविराम भए तापनि स्थिति स्थिर छैन। जब इजरायलले आफ्नो आक्रमण रोक्छ, तब मात्र वास्तविक वार्ता सुरु हुनसक्ने उहाँले बताउनुभयो ।
चीन सधैँ मध्यपूर्वी क्षेत्रको शान्तिको प्रस्तावक र मध्यपूर्वी क्षेत्रको स्थिरताका लागि प्रवद्र्धक रहेको मन्त्री वाङ यीले बताउनुभयो ।
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले वर्तमान परिस्थितिबारे ४ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएर तत्काल युद्धविराम गर्न, नागरिकको सुरक्षा सुनिश्चित गर्न, वार्ता र संवाद सुरू गर्न र शान्तिका लागि प्रयास गर्न आह्वान गर्नुभएको छ। जसले चीनको निष्पक्ष र न्यायिक सिद्धान्त र अडान देखिएको छ। अमेरिकाले इरानमाथि आक्रमण गरेपछि चीनले प्रथम प्रहरमै निन्दा गरेको हो ।
उहाँका अनुसार, राष्ट्रिय सार्वभौमिकता र सुरक्षा गर्न इरानको प्रयासलाई चीनले समर्थन गरेको छ। युद्धविराम तथा शान्तिका लागि इस्लामिक सहयोग सङ्गठनको एकीकृत आवाजको प्रशंसा चीनले गर्नुका साथै सुरक्षा परिषद्लाई आफ्नो उचित भूमिका निर्वाह गर्न लगाउने इच्छा राखेको छ।





