सीजीटीएन सर्वेक्षणअनुसार ५ प्रतिशत सैन्य खर्चको लक्ष्य ‘नेटो गतिरोध’

चाइना मिडिया ग्रुप सीजीटीएनद्वारा गरिएको विश्वव्यापी अनलाइन सर्वेक्षण अनुसार ६७.४ प्रतिशत उत्तरदाताहरूले नेटोको द्रुत सैन्य विस्तारको निन्दा गरेका छन् । यसले हतियार दौडको नयाँ चरण सुरु गर्न सक्ने र विश्व शान्ति तथा स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्नसक्ने उनीहरुको चिन्ता छ।
नाटोको विस्तारको लक्ष्य कस्तो छ? संख्याले झूट बोल्दैन। सन् २०२४ विश्वव्यापी सैन्य खर्च २७ खर्ब २० अर्ब अमेरिकी डलर थियो, जसमध्ये नेटोको १५ खर्ब डलर हुन्छ जुन कुल विश्वव्यापी सैन्य खर्चको ५५ प्रतिशत हो। अन्तर्राष्ट्रिय सैन्यशक्ति असन्तुलित अवस्थामा नेटोले अझै पनि सदस्य राष्ट्रलाई सैन्य खर्च जीडीपीको ५ प्रतिशतसम्म बढाउन आग्रह गरेको छ। त्यसप्रति ८४.७प्रतिशत उत्तरदाताले नेटो एक युद्ध मेशिन बनेको विचार गरेका छन्; ८०.४ प्रतिशत उत्तरदाताको विचारमा नेटोको तीव्र सैन्य विस्तार सतर्क हुन लायक छ। यदि नेटोले ५ प्रतिशत सैन्य खर्चको लक्ष्य कार्यान्वयनलाई तिव्र पारेमा, अन्तर्राष्ट्रिय सैन्य शक्ति अझै असन्तुलित हुने र विश्व शान्ति र सुरक्षाका लागि ठूलो धम्की दिने विश्वास ७३.८ प्रतिशतले गर्दछन्।
स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले ५ प्रतिशतको सैन्य खर्च लक्ष्य “असमान र अनावश्यक” भएको सार्वजनिक रूपमा व्यक्त गर्नुभयो। ८०.१ प्रतिशत उत्तरदाताले त्यसको समर्थन गरेका छन्; ७६.२ प्रतिशत उत्तरदाताले सैन्य खर्चको मुद्दाबाट नेटोका युरोपेली सदस्यबीच थप विभाजन निम्त्याइने विश्वास गरेका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि नेटोका सदस्य राष्ट्रले अझ बढी खर्च नतिर्ने हो भने युरोपको सुरक्षाका लागि अमेरिकी सहयोग कमजोर पार्ने बताउनुभयो। सर्वेक्षणमा सहभागी मध्ये ७६.६ प्रतिशतले सैन्य खर्चको विषयमा अमेरिकाले युरोपेली सहयोगीहरूको भावनालाई ध्यान नदिई युरोपेली सुरक्षाको सहयोग र नाटोभित्र क्रमशः टाढा हुने विचार गरेका छन्।
यो सर्वेक्षण सीजीटीएनको अंग्रेजी, स्पेनिश, फ्रेन्च, अरबी र रुसी प्लेटफर्ममा प्रकाशित भएको थियो र १२ घण्टाभित्र ६,००० नेटिजेन्सले मतदान र आफ्नो विचार व्यक्त गरेका थिए।





