ओसाका एक्स्पोमा चिनियाँ राष्ट्रिय हल दिवस

जुलाई ११ तारिख जापानी ओसाका एक्स्पोमा चिनियाँ राष्ट्रिय हल दिवस मनाइएको छ। त्यसै दिन “रङ्गीचङ्गी चीन—सँगै मिलेर भविष्य कोरौँ” भन्ने मुख्य नारा रहेको विशाल साङ्गीतिक गाला एक्स्पो उद्यानमा देखाइएको छ।
उक्त साङ्गीतिक गालामा सङ्गीत, नाच, ओपेरा, लिपी, उशु, एक्रोबेटिक र गैर-भौतिक सम्पदा आदि विविध तरिकामार्फत गहिरो इतिहास बोकेको चिनियाँ संस्कृतिलाई ओसाका एक्स्पो मञ्चमा प्रदर्शन गरिएको छ।





