बायर्नले जित्यो जर्मन सुपर कपको उपाधि

काठमाडौं । ह्यारी केन र लुइस डियजाको गोलमा भिएफबी स्टुटगार्डलाई पराजित गर्दै बायर्न म्युनिखले जर्मन सुपरकप जितेको छ ।

शनिबार राती भएको खेलमा बायर्नले स्टुटगार्टलाई २–१ ले पराजित गरेको हो ।

ह्यारी केनले १८औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । यसै सिजन बायर्न भित्रिएका डियाजले ७७औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

स्टुटगार्डका लागि इन्जुरी टाइमको तेस्रो मिनेटमा जेमी लेवेलिङले सान्त्वना गोल फर्काए ।

खेलमा बायर्नका गोलकिपर मानुएल नोएले उत्कृष्ट प्रदर्शन गर्दै राम्रा बचाउहरु गरेका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button