अमेरिकी रणनीति र नेपालको सार्वभौमसत्ता : बढ्दो चुनौती र अवसर

सम्पादकीय

हालैका घटनाक्रमले फेरि एकपटक नेपाललाई अमेरिकी कूटनीति र रणनीतिक योजनाको केन्द्रमा ल्याइरहेको स्पष्ट देखिन्छ। वाशिङ्टनले नेपाललाई आफ्नो दक्षिण एसियाली नीतिको संवेदनशील बिन्दुका रूपमा व्याख्या गर्दै आएको छ। विशेषगरी Free Tibet Movement लाई संरक्षण गर्ने, BRI परियोजनाहरूलाई कमजोर पार्ने, र नेपालभित्रैबाट चीनलाई दबाब दिने उद्देश्यले विभिन्न तहका गतिविधि सञ्चालन भइरहेका छन्।

राजनीतिक दलभित्रै प्राविधिक तथा वैचारिक प्रभाव बढाउने प्रयासदेखि लिएर, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू (INGOs) मार्फत स्थानीय तहसम्म पुग्ने कार्यक्रम यी सबै अमेरिकी रणनीतिक साधनका रूपमा प्रयोग भइरहेका छन्। हालैका गोप्य ब्रीफिङ तथा कूटनीतिक सन्देशहरूले पनि अमेरिकाले नेपाललाई “चीनको सुरक्षा घेऱो भित्र घुसेर प्रभाव जमाउने भूमि” का रूपमा नियालिरहेको देखाउँछ।

तर, यससँगै अर्को यथार्थ पनि स्पष्ट छ नेपालले आफ्ना रणनीतिक चासोलाई मजबुत बनाउन सकेमा, यही बढ्दो अन्तर्राष्ट्रिय चासो सुनौलो अवसरमा रूपान्तरण हुन सक्छ। नेपालले समतामूलक कूटनीति, स्वाधीन निर्णय क्षमता र बहुपक्षीय सन्तुलनलाई प्राथमिकतामा राखेमा विदेशी हस्तक्षेपलाई नियन्त्रण गर्दै राष्ट्रिय हितलाई अगाडि बढाउन सक्छ।

यसकारण, वर्तमान क्षण नेपालका लागि मात्र चुनौती होइन, एक निर्णायक मोड पनि हो। देशका नीति–निर्माताले यदि क्षणिक लाभ र विदेशी दबाबभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राखे भने, नेपालले आफ्नो सार्वभौमसत्ता र भूराजनीतिक सन्तुलन दुवै सुरक्षित गर्न सक्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button