“हामी बुद्धू होइनौं, बिउँझनै बाँकी छ: नेपाली अस्तित्वमाथि चुपचाप लादिएको द्वन्द्व”

# लक्की चन्द
भूपी शेरचनको कालजयी कविता ‘हामी’ ले एउटा कठोर यथार्थ औंल्याउँछ। हामी जतिसुकै माथि उठे पनि, जतिसुकै दगुरे पनि, गर्जे पनि, भित्रभित्रै खोक्रो छौं। हाम्रो उडान हावाको इशारामा भरिएको छ, जुन आत्मबल होइन, बाह्य शक्तिको खेल हो। यही कविताबाट सुरु गर्दा आजको नेपाली समाजको अवस्था सहजै प्रतिबिम्बित हुन्छ।
नेपाल आज एउटा यस्तो मोडमा उभिएको छ जहाँ उसले आफ्नो मौलिकता, पहिचान र संस्कारलाई क्रमशः गुमाइरहेको छ। लोकतन्त्र, धर्मनिरपेक्षता, मानव अधिकार र आधुनिकताको नाममा विदेशी शक्तिहरू विशेषगरी पाश्चात्य मिशनहरू नेपालको सामाजिक बनोटमा गहिरो हस्तक्षेप गरिरहेका छन्। तर यो सबै भित्रभित्रै, मौन तर प्रभावकारी तरिकाले भइरहेको छ।
मूल प्रश्न उठ्छ: हामी नेपाली सचेत नागरिक हौं कि प्रयोगशाला भित्रका ‘प्रोजेक्ट’हरू?
पृथ्वीनारायण शाहले “नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो” भनेका थिए। सादगी, सह–अस्तित्व र परस्पर सहयोग हाम्रो पहिचान थियो। एउटै पँधेरोको पानी, एउटै चौतारीको संवाद, एउटै चुल्होको आगो यी सबै नेपालीपनका पहिचान थिए। तर आज त्यो सह–अस्तित्वलाई तोड्ने खेल चलेको छ पहिचानको नाममा, जातको नाममा, भाषा र क्षेत्रको नाममा।
‘दलित’, ‘जनजाति’, ‘माइनेटिज’ जस्ता विदेशी परिभाषा घुसाइँदैछ। सिप र परम्परालाई आत्मगौरवको सट्टा अपमानमा बदल्ने खेल चलेको छ। ‘सिल्पिकार’लाई ‘दलित’ भनियो, आदिवासीलाई ‘मंगोल’ भनियो, अनि तिनलाई मूल धर्म, संस्कार र संस्कृति छोडेर धर्म परिवर्तनको मार्गमा लैजान थालियो।
यो केवल धर्म परिवर्तनको कुरा होइन — यो विचार परिवर्तन, इतिहास परिवर्तन र अस्तित्व परिवर्तनको सुनियोजित रणनीति हो।
पछिल्लो समय ‘Gen Z’ अर्थात् ‘Generation Z’ भन्ने शब्द निकै चर्चित छ। सामान्यतया यो १२ देखि २८ वर्षबीचको पुस्तालाई जनाउन प्रयोग गरिन्छ। तर यस शब्दको उत्पत्ति र प्रयोगको सन्दर्भमा गहिरिएर हेर्दा पत्ता लाग्छ। यो केवल एक पुस्ता जनाउने संज्ञा मात्र होइन, एक रणनीतिक सोच हो।
‘Gen Z’ लाई कतिपय अनुसन्धानकर्ताहरूले Generation Zionist को संक्षेपमा पनि जोड्न खोजेका छन्। यदी यो व्याख्या शाब्दिक नभए पनि वैचारिक रूपमा भने मेल खान्छ। किनकि हाल विश्वव्यापी जियोनिष्ट विचारधाराले युवा पुस्तालाई आफ्नो पक्षमा पार्न गहिरो अभियान चलाइरहेको छ, शिक्षा, सोसल मिडिया, NGO, even गेमिंग र फेशनमार्फत पनि।
Gen Z पुस्ता (विशेषगरी नेपाल लगायतका विकासोन्मुख देशहरूमा) आफ्नो गोत्र, संस्कार, धर्म र इतिहासबाट टाढिँदैछ। उनीहरूलाई अमेरिका र इजरायलका संस्कृति, ट्रेन्ड र सोच नै आधुनिकता लाग्छ। तर गोठ के हो? ढिकी–जाँतो कस्तो हुन्छ? घ्यू–मही कसरी बनाइन्छ? भन्ने जस्ता मौलिक प्रश्नहरूमा उनीहरू चुप लाग्छन्।
यो केवल प्रविधि आएको कारण मात्र होइन, यो एक सुनियोजित सांस्कृतिक विस्थापन हो।
Zionism (जियोनिज्म) एक यहूदी राजनीतिक आन्दोलन हो, जसले प्यालेस्टाइनमा यहूदीहरूको छुट्टै राष्ट्र स्थापित गर्ने उद्देश्य राख्छ। यसको जन्म थियो सन् १८९७ मा, थियोडोर हर्जलद्वारा। यस आन्दोलनले १९४८ मा इजरायलको स्थापना गर्यो र आजसम्म पनि यो विचार इजरायल सरकारको केन्द्रमा छ।
जियोनिज्मको प्रमुख रणनीति भनेको विश्वका यहूदी युवाहरूलाई एकत्रित गर्नु, उनीहरूलाई आफ्नो सांस्कृतिक पुनरुत्थानमा ल्याउनु, र इसरायलप्रति वफादार बनाउनु हो। यो रणनीति यति सफल छ कि अहिले Gen-Zionist अभियानबाट युवाहरूलाई ग्लोबल जियोनिष्ट विचारमा संगठित गरिँदैछ।
त्यही रणनीति अब नेपालमा पनि छिरिरहेको छ, अप्रत्यक्ष रूपमा, पाश्चात्य सहायता, ईसाईकरण, धर्मनिरपेक्षता, NGO/INGO र मिडिया/शिक्षा मार्फत।
जेंजी पुस्तामा गलत कुरा मात्र छैन। उनीहरूमा प्रविधिको ज्ञान छ, सोच्न सक्ने क्षमता छ, अन्तर्राष्ट्रिय पहुँच छ। तर यो सबै उपयोग तब मात्र सार्थक हुन्छ जब उनीहरू आफ्नो पहिचान, धर्म, संस्कृति, इतिहास र समाजप्रति सजग छन्।
हामीले यदि हाम्रो युवालाई केवल ‘ग्लोबल नागरिक’ बनाउने नाममा ‘अजन्मा’ बनाइरहेका छौं भने उनीहरूको मूल्य र आत्मसम्मान हराउनेछ। जसरी मिसनरी शिक्षा प्रणालीले आदिवासीलाई धर्म परिवर्तन गरायो, जसरी पश्चिमी संस्कारले थारु, मगर, राई, लिम्बूहरूलाई आफ्नो संस्कृति विस्मृत गरायो। त्यसैगरी अब जेंजी पुस्ता पनि वैचारिक उपनिवेश बन्ने खतरा छ।
देशभक्ति केवल झण्डा फहराउनु, नाराहरू लगाउनु वा गीत गाउनु होइन। देशभक्ति भनेको “म जन्मिएको माटोको सुगन्ध चिन्नु” हो। देशभक्ति भनेको “आफ्नो देवी–देवतामा श्रद्धा राख्नु”, “आफ्नो आमाबुबालाई आदर गर्नु”, र “आफ्नो इतिहास र गोत्रलाई गर्वका साथ बोकेर हिँड्नु” हो।
हामी बुद्धू होइनौं। हामी बिउँझनै बाँकी छौं। नेपाल केवल एउटा भू–भाग होइन यो सभ्यताको प्रतिनिधित्व हो। र त्यो सभ्यतामाथि चुपचाप लादिएको युद्ध आज अन्तर्द्वन्द्वको रूपमा देखिँदैछ।
अब समय आइसकेको छ “अर्कैले होइन, अब आफैंले सोचौं” भन्ने। यस देशको संस्कृति, पहिचान, धर्म र मूल्य बचाउने जिम्मा हामी सबैको हो विशेष गरी नयाँ पुस्ताको।





