सिंहदरबारको गोप्य संकेत: एक पत्रले नेपाललाई अन्तर्राष्ट्रिय शक्ति–प्रतिस्पर्धाको नयाँ मोडमा पुर्यायो

# अविनाश शर्मा
प्रधानमन्त्री कार्यालयबाट दुर्गा प्रसाईंलाई पठाइएको भनिएको औपचारिक आमन्त्रण–पत्रले केवल आन्तरिक राजनीति मात्र होइन, नेपाललाई घेरिरहेको अन्तर्राष्ट्रिय शक्ति-समीकरणमा पनि नयाँ तरङ्ग उत्पन्न गरेको छ। कागज एक पाना मात्रै हो, तर यसको सन्देश, समय–चयन, पात्र र प्रत्यक्ष–अप्रत्यक्ष शक्तिहरूलाई जोडेर हेर्दा यो पत्र नेपाललाई घेरिरहेको भूराजनीतिक प्रतिस्पर्धाको एउटा सूचक संकेत बनेको छ। नेपालजस्तो संवेदनशील बफर–स्टेटमा ठूला शक्तिहरूको रुचि, आन्तरिक अस्थिरता र वैकल्पिक नेताहरूको उदय कहिल्यै अलग–थलग विषय होइन।
नेपाल अहिले भारत–चीन–अमेरिकी त्रिकोणीय प्रतिस्पर्धाको केन्द्रबिन्दुमा छ। यतिबेला प्रसाईं जस्ता व्यक्तिहरू, जसले देशभक्तिको कडा स्वर, विदेशी प्रभावबिरुद्ध outspoken लाइन, र स्थापित संरचनाविरुद्ध ‘anti–establishment’ नैरेटिभ अघि सारिरहेका छन्, स्वाभाविक रूपमा बाह्य शक्ति–समीकरणका लागि सूक्ष्म तर महत्त्वपूर्ण ‘variable’ बन्न जान्छन्। यस्तोमा सिंहदरबारको औपचारिक आमन्त्रण त्यो पनि अत्यन्त संवेदनशील समयमा आन्तरिक कूटनीतिक चालभन्दा धेरै भूराजनीतिक सन्तुलन व्यवस्थापनको कार्यजस्तै देखिन्छ।
नेपालमा यतिबेला अमेरिकी MCC–SFA ढाँचाको नयाँ चरण, भारत–नेपाल सीमा तथा सुरक्षा संवाद, चीनको BRI ‘re-engagement’, र अन्तर्राष्ट्रिय आर्थिक दबाब तीव्र हुँदै गएको छ। यसै वातावरणमा प्रसाईं जस्ता उग्र भाषणशैलीका, चलायमान जनसमर्थनका, र anti-foreign influence लाइन बोकेका व्यक्तिहरूले सरकार, सत्ता संरचना र कूटनीतिक स्टेकहोल्डरहरूलाई चासोको केन्द्रमा पुर्याएका छन्। यही कारण, यस्तो पत्र केवल प्रशासनिक होइन नेपालभित्रको शक्ति–सन्तुलनको ‘micro-adjustment’ को संकेत हो।
अमेरिकी रणनीति नेपालमा स्थायित्व, भारतको प्राथमिकता सीमापार सुरक्षा, र चीनको प्राथमिकता भू–आर्थिक पहुँच। यी सबैका बीच प्रसाईंले उठाएको राष्ट्रियता केंद्रित ‘assertive’ लाइनले केही शक्ति अभिकर्तालाई असहज र केहीलाई उपयोगी लागिरहेको छ। सरकारले उनलाई सिंहदरबारमै बोलाउनु भनेको राज्यले उनीभित्र उत्पन्न हुन सक्ने घरेलु–अस्थिरता मात्र होइन, अन्तर्राष्ट्रिय spillover effect लाई रोकेर वातावरण स्थिर राख्ने प्रयास पनि हो।
गैरस्थानीय शक्तिहरू कुनै पनि देशमा वैकल्पिक नेताको ‘trajectory’ नजिकबाट हेर्छन् उनी अवसर हुन् कि challenge, ती निर्णयहरू छनोट गरेरै गरिन्छ। प्रसाईंको लोकप्रियता, उनी बोकेको anti-intervention भाव, र आन्दोलनकारी ऊर्जाले उनले अन्तर्राष्ट्रिय शक्ति–समीकरणमा ‘non-state political actor’ को भूमिका पाउन थालेका छन्। यस्तोमा राज्य–नेतृत्वले उनलाई ‘table-talk’ मा ल्याउने प्रयास कुनै पनि बाह्य शक्ति–समीकरणले बिग्रन नदिने कूटनीतिक ‘damage control’ को प्रारम्भिक संकेत हो।
पत्रको नाम, स्वरूप र प्रकृतिमा देखिएको विसङ्गति र सार्वजनिक भएको तरिका आफैंमा संकेत हुन सक्छ कि नेपालभित्र आन्तरिक निर्णय–प्रक्रिया बाह्य सन्तुलनसँग गरिएका सूक्ष्म सम्झौताहरूमा आधारित रहेर अघि बढिरहेको छ। यस्तो पत्र सार्वजनिक हुनु विदेशी मिशनहरूका लागि पनि राजनीतिक संदेश हो। नेपालको आन्तरिक power-dynamics परिवर्तनशील छ, र राज्यले emerging stakeholders सँग सीधै संवाद गर्दै छ।
यसरी हेर्दा, प्रसाईंलाई सिंहदरबार बोलाइएको एक पाना कागजले नेपालकाे आन्तरिक बाह्य शक्ति सम्पर्कको वास्तविकता उजागर गरिदिएको छ। देशभित्र कसले आवाज उठायो भन्ने भन्दा पनि अन्तर्राष्ट्रिय शक्तिहरूले त्यो आवाजलाई कसरी पढ्छन् र त्यसको प्रभावलाई कसरी व्यवस्थापन गर्छन् भन्ने हो रणनीतिक राजनीति।
यसैले, यो पत्र केवल बैठक मात्रै हैन नेपालमा चलिरहेको नदेखिने कूटनीतिक द्वन्द्व, सत्ता–सन्तुलन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको एक मौन तर गहिरो सूचक हो।





