बाँकेको खजुरामा ज्ञानोदय विद्यालयले उचाल्याे मेयर रनिङ शिल्ड

खजुरा, बाँके। बाँकेको खजुरामा आयोजना भएको आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको समग्र शिल्ड ज्ञानोदय नमुना माध्यमिक विद्यालयले उचालेको छ।

ज्ञानोदयले यस प्रतियोगितामा माध्यमिक तह (मावि) तर्फ ८ स्वर्ण, ६ रजत र २ कांस्य पदक हात पारी शिल्ड जित्न सफल भएको हो। यसैगरी आधारभूत तह (कक्षा ६ देखि ८) को रनिङ शिल्ड तर्फ पनि उक्त विद्यालयले ५ स्वर्ण, १ रजत र १ कांस्य पदक प्राप्त गरी विजयी बनेको थियो।

जनता नमुना माध्यमिक विद्यालयले माध्यमिक तहमा ७ स्वर्ण, ३ रजत र ६ कांस्य पदक प्राप्त गरी समग्र दोस्रो स्थान प्राप्त गरेको छ। आधारभूत तहमा चाहिँ यसले २ स्वर्ण र १ रजत पदक हात पारी तेस्रो स्थानमा रह्यो।

आदर्श माध्यमिक विद्यालय डि गाउँ खजुराले माध्यमिक तहमा ४ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेर समग्र तेस्रो स्थान प्राप्त गरेको छ।

खजुरामा जारी यो प्रतियोगिता स्थानीय विद्यालयहरूबीच खेलकुदको माध्यमबाट स्वस्थ प्रतिस्पर्धा र सामुहिक सहकार्यलाई बढावा दिंदै आएको छ।






