प्रहरीको निर्वाचन केन्द्रीत सुरक्षा योजना
लुम्बिनी प्रदेश विशेष

नेपाल सरकारबाट घोषणा भएको अगामी निर्वाचन सुरक्षा व्यवस्थापन, प्रतिबन्धित विप्लव समुहबाट हुन सक्ने संभावित जोखिम न्युनिकरण लगायत अपराध अनुसन्धान तथा नियन्त्रणका लागी सुचना आदान बुधबार दाङ्गमा सम्पन्न गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा मध्यपश्चिम पृतना हेडक्वाटर, बुटवलका पृतनापति उपरथी संजय थापा, कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र बहादुर धानुक, बिन्दबासनी वाहिनी कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान लुम्बिनी प्रदेशका अनुसन्धान निर्देशक सुनिल कुमार ढकाल लगायत नं. १९ र नं. २२ बाहिनीका नि. बाहिनीपतिहरु समेतको उपस्थितीमा समसामायिक विषय तथा शान्तिसुरक्षाको बारेमा छलफल गरिएकाे थियो ।
कार्यक्रममा नेपाल सरकारबाट घोषणा भएको अगामी मध्यावधी निर्वाचन सुरक्षा व्यवस्थापन, प्रतिबन्धित विप्लव समुहबाट हुन सक्ने संभावित जोखिम न्यूनीकरण लगायत अपराध अनुसन्धान तथा नियन्त्रणका लागी सुचना आदान-प्रदान एवं समन्वयात्मक भूमिकाको बारेमा छलफल तथा अन्तरक्रिया गरिएको लुम्बिनी प्रदेश प्रहरी दाङ्गले जनाएको छ ।